img img img

मदिराले मातिएर अरुलाई हैरान पार्ने २ जनामाथि मुद्दा चलाइयो

राजविराज – सप्तरीमा मदिराले मातिएर बाटो हिँड्दै गरेकालाई हैरान पार्ने २ जना विरुद्ध मुद्दा चलाइएको छ ।

जिल्लाको रुपनी गाउँपालिका–१ का २८ वर्षीय लालु यादव र सोही ठाउँका २९ वर्षीय मुन्ना साह विरुद्ध मुद्दा चलाइएको हो ।

गत बुधवार मदिराले मातिएका दुवै जनाले बाटो हिँड्दै गरेकाहरुलाई रोकेर अनावश्यक हैरान पार्दै आएका थिए ।

सोही क्रममा खटिएको प्रहरी टोलीलाई समेत गालीगलौज गर्दै हातपात गरेको भनि परेको जाहेरीको आधारमा दुवै जनामाथि सार्वजनिक शान्ति विरुद्धको कसूरमा मुद्दा चलाइएको सप्तरी प्रहरीका प्रवक्ता डिएसपी नरेशकुमार सिंहले जानकारी दिए ।

दुवै जनामाथि सप्तरी जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको उनले बताए ।

Author:

क्याटोगरी छान्‍नुहोस