img img img

शिक्षक महासंघलाई वार्तामा आउन शिक्षामन्त्रीको आह्वान

काठमाडौं –  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्न सरकारले प्रयत्न गरिरहेकोबताएका छन् उनले शिक्षक महासंघलाई वार्तामा आउन आह्वान समेत गरेका छन्

मंगलवार राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा शिक्षा मन्त्री राईले शिक्षक महासंघलाई वार्तामा आउन आह्वान गर्दैवार्तामार्फत गुनासो समेट्ने प्रयत्न गरिने बताएका हुन्

शिक्षकहरुको मागका सन्दर्भमा समस्याको निकास खोजिने उनले बताए उनले ऐन कानूनबिना लोकतन्त्रको अभ्यास नहुने भन्दैसंविधानको कार्यान्वयनका लागि शिक्षा ऐन पारित हुनुपर्ने पनि बताए

मन्त्री राईले विधेयक सांसद्ले छलफल नै गर्न नपाई संसदमा दर्ता मात्रै भएको आधारमा केही सरोकारवाला निकायहरुले आपत्तीजनाएको बताए उनले संविधान जारी भएको आठ वर्षसम्म पनि विद्यालय शिक्षा ऐन बन्न नसकेको भन्दै ढिलै भए पनि शिक्षा विधेयकसंसदमा प्रवेश गर्नु राम्रो भएको बताए

Author:

क्याटोगरी छान्‍नुहोस