img img img

सप्तरीमा डुबेर बालकको मृत्यु

file photo

राजविराज – सप्तरीको राजविराज नगरपालिकामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । वडा नम्बर ९ मलेठस्थित मामा घर आएका सुनसरीको कोशी गाउँपालिका–५ दूधगंजका बिन्देश्वर यादवका ८ बर्षीय छोरा आशिषकुमार यादवको पोखरीमा डुबेर मृत्यु भएको हो ।

हजुरबुवा (नाना) श्रीलाल यादवको घर आएका आशिष सोमवार नजिकैको पोखरीमा नुहाउन जाँदा डुबेको प्रहरीले जनाएको छ ।

डुबेको अवस्थामा उनको उद्धार गरी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको जनाएको छ ।

Author:

क्याटोगरी छान्‍नुहोस