सरकारद्वारा ६७० कैदीको सजाय माफी

काठमाडौँ – सरकारले ६७० जना कैदीको बाँकी कैद कट्टा गरी आममाफी दिएको छ । संविधान दिवसको अवसरमा असल आचरण भएकाहरूलाई बुधवार (भोलि) संविधान दिवसको दिनदेखि लागू हुने गरी कैद माफी गरिएको हो ।

मन्त्रिपरिषद्को सिफारिसबमोजिम भोलिदेखि लागु हुने गरी संविधान दिवसको अवसरमा माफी मिनाहा भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार भीमबहादुर खवाससमेत ४९७, हर्कबहादुर लिम्बुसमेत १७० र ज्येष्ठ नागरिक सहन दिन भन्ने समदिन मियाँसमेत जम्मा ३ गरी कुल ६७० जना कैदीहरूको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गरिएको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780