२०४७ सालको संविधान पुनर्बहालीको माग

राजविराजवर्तमान संविधानको विरोध जनाउॅंदै चार वटा संघसंस्थाले २०४७ सालको संविधान पुनर्बहाली हुनुपर्ने माग गरेका छन्

मंगलबार ति संघसंस्था आबद्ध पदाधिकारीहरुले राजविराजमा पत्रकार गर्दै उक्त माग गरेका हुन् २०४७ सालको संविधान हाम्रोअभियान, नेपाललागि नेपाली पार्टी, श्रीराम हनुमान आराधना मण्डलसहितका अन्य धार्मिक संघसंस्थाहरुका पदाधिकारीहरुले वर्तमानसंविधानले हिन्दुहरुको मानमर्यादा राख्न नसकेको आरोप लगाए  

सोही पत्रकार सम्मेलनमा बुधबार (भोलि) राजविराजमा हिन्दु राष्ट्र घोषणा २०४७ सालको संविधान पुनर्बहालीका लागि प्रदर्शन गर्नेजानकारी समेत गराए अभियानका संयोजक किशोरी महतोले २०७२ सालमा जारि भएको संविधानले हिन्दुहरुको रक्षा गर्न नसकेको, गौं हत्यामा संलग्न रहेकाहरुको सरकारले संरक्षण गरेको, धार्मिक द्वन्द चर्काउन चलखेल बढ्दै बताए

उनले आउँदो केही दिनभित्रै पहिलो चरणमा मधेशका छिमेकी तीन गरि ११ जिल्लालाई हिन्दु प्रदेश बनाउनका लागि शान्तिपूर्णआन्दोलन गर्दै त्यसपछि मुलुकभर आन्दोलनलाई निरन्तरता दिने बताए 

रामेश्वर राय यादवको अध्यक्षता तथा अभियानका संयोजक महतोको प्रमुख आतिथ्यमा आयोजित पत्रकार सम्मेलनमा देवनारायणमहतो, शुसिलचन्द्र अधिकारी, दिपक आत्रेय, विष्णु दास, कनकलाल साह, रामबालक चौधरी, हनुमान आराधना मण्डलका सप्तरीअध्यक्ष बिन्दी मण्डल लगायतको उपस्थिति थियो

Author:



क्याटोगरी छान्‍नुहोस