टीकापुर घटनाका कैदी सबै कैदी रिहा

जनकपुरधाम – संविधान दिवसको अवसरमा कैलालीको टीकापुर घटनाका सबै कैदी बन्दीहरु रिहा भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूको बाँकी कैद मिनाहा गरेपछि रिहा हुन बाँकी चारै जना आज रिहा भएका हुन ।

रिहा हुनेमा जानकी गाउँपालिका–७ मोतीपुरका हरिनारायण चौधरी, लट्कनियाका प्रदीप चौधरी र टीकापुर नगरपालिका–४ ठाह्रापुरका वीरबहादुर चौधरी रहेका छन् ।

त्यस्तै घटना भएको बेला नाबालक रहेका लट्कनियाकै श्रवणकुमार चौधरीलाई पनि रिहा गरिएको छ । तीन जना कैलाली जिल्ला कारागारबाट र एक जनालाई पोखराबाट रिहा गरिएको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस