शिक्षकहरूको आन्दोलनले सामुदायिक विद्यालयको पठनपाठन ठप्प

जनकपुरधाम – सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधयेकविरुद्ध सामुदायिक विद्यालयका शिक्षकहरू आन्दोेलित हुँदा पठनपाठन ठप्प भएको छ ।

नेपाल शिक्षक महासङ्घले आजदेखि देशभरका सामुदायिक विद्यालय बन्दको घोषणा गरेसँगै देशभरका ७० लाखभन्दा बढी विद्यार्थीको पठनपाठन ठप्प बनेको हो । महासंघले आजदेखि ​देशभरका विद्यालय अनिश्चित कालका लागि बन्द गरेको हो ।

आफ्ना माग पुरा गराउनका लागि शिक्षकहरू काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी हुन आए पछि देशैभरीका सामुदायिक विद्यालय बन्द भएका हुन् । मागहरू सम्बोधनको सुनिश्चितता नभएसम्म आन्दोलन जारी रहने नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

शिक्षकहरूले सरुवा, बढुवा, नियुक्ति, कार्यसम्पादन मूल्यांकन, सेवा सुविधा, नियमनलगायत रेखदेखमा स्थानीय तहको भूमिका अस्वीकार गर्दै आन्दोलनको घोषणा गरेका हुन्। संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले शिक्षकलाई स्थानीय तह मातहत राख्ने व्यवस्था गरेको छ। जसप्रति शिक्षक र तिनका संस्थाले विरोध गरेका हुन्।

Author:



क्याटोगरी छान्‍नुहोस