राजविराज – आलोचनापछि नेपालकै प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता सखडेश्वरी भगवती मन्दिरमा पुरानै भगवतीको चाँदीको मुकुट (मस्तक) राखिने भएको छ ।
आज विहान दाताको नाम उल्लेखित भगवतीको स्वरुप परिवर्तित नयाँ मुकुट राखिएको थियो ।
स्वरुप परिवर्तन गरी आस्थामाथि खेडवाड भएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि पुनः पुरानै मुकुट राखिने भएको हो ।
शक्तिपीठका पीठाधिस महाकान्त ठाकुरले भोलिसम्म उक्त मुकुट राखिने जानकारी दिए ।