सरकार र आन्दोलनरत शिक्षक महासंघबीच आज पुनः वार्ता हुँदै

काठमाडौं – सरकार र आन्दोलनरत शिक्षक महासंघबीच बिहीबार साँझ भएको वार्ता पनि निष्कर्षविहिन बनेपछि शुक्रबार पनि पुनः वार्ता हुदैछ । शिक्षा विधेयकप्रति असहमति जनाउँदै आन्दोलनमा उत्रिएका शिक्षकहरुसंग सरकारले बिहीबार दुई पटक वार्ता गरे पनि कुनै सहमति बन्न सकेन ।

बिहीबार विहान उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसंग वार्ता भएको थियो भने साँझ पुनः गृहमन्त्री श्रेष्ठ, अर्थमन्त्री डा प्रकाशशरण महत, सञ्चारमन्त्री रेखा शर्मा, शिक्षामन्त्री अशोक राई र कानुनमन्त्री धनराज गुरुङसहितको टोलीले शिक्षक महासंघका प्रतिनिधिहरुसंग छलफल गरेका थिए ।

वार्तामा धेरै विषय उठान भएको तर ठोस सहमतिको खाका नबनेको बताइएको छ । मन्त्रीहरुले शिक्षकहरुले उठाएका कतिपय माग संविधानसँग सम्बन्धित भएकाले तत्काल निर्णय गर्ने अवस्था नरहेको बताएका थिए ।

वार्तामा बसेका आन्दोलनकारी शिक्षकका प्रतिनिधिहरुले पनि आफूहरुले वृहत् रुपमा छलफल नगरी एकलौटी जवाफ दिन नसक्ने बताएपछि वार्ता निष्कर्षविहिन बनेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस