नापी सर्वेक्षक यादवसहित तीन जना २ लाख ५० हजार घुससहित पक्राउ

जनकपुरधाम – नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादवसहित तीन जनालाई अढाई लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार गरेको स्टिङ अपरेसनमा नापी सर्वेक्षक यादवसहित लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई पक्राउ गरेको हो ।

नापी कार्यालय परिसरबाट पक्राउ परेका उनीहरुसँग २ लाख ५० हजार घुस रकम बरामद गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनीहरूले घुस मागिरहेको सूचनाका आधारमा अख्तियारले स्टिङ अपरेसन गरेको थियो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता घिमिरेले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस