मिटरब्याजी विरुद्धको उजुरी अब प्रहरीले लिने

राजविराज–मिटरब्याजी विरुद्धको उजुरी अब प्रहरीले लिने भएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले सूचना जारी गरी उजुरी फछ्र्यौटका सम्पूर्ण कार्य पनि जिल्ला प्रहरी कार्यालयले गर्ने जनाएको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालयले उजुरी लिने र फछ्र्यौट गर्ने कार्य गर्दै आएको थियो ।

गृह मन्त्रालयको निर्देशन अनुसार माघ १० गतेदेखि मिटरब्याजी सम्बन्धि सम्पूर्ण कागजात जिल्ला प्रहरी कार्यालयमा हस्तान्तरण समेत गरिसकिएको सूचनामा जनाइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस