मधेश कृषि विश्वविद्यालयमा लगाइएको ताला खुल्यो

राजविराज – सप्तरीको राजविराजस्थित मधेश कृषि विश्वविद्यालयमा लगाइएको ताला १८ दिनपछि खुलेको छ । जिल्ला समन्वय समितिमा बिहीबार बसेको सर्वपक्षिय बैठकबाट भएको सहमतिपछि ताला खुलेको हो ।

विश्वविद्यालयको भवन शिलान्यास कार्यक्रममा प्रमुख अतिथि राखिने विषयमा असन्तुष्टि जनाउॅंदै आन्दोलित जनमत पार्टीले ७ बुँदे माग राखि गत माघ ८ गते भएको आन्दोलित जनमत पार्टीले मधेश कृषि विश्वविद्यालयको मुल गेटमा ताला लगाएको थियो ।

गत मंगलबार विश्वविद्यालयका रजिष्टार डा. भगवान ठाकुरले वार्ता र सम्वाद मार्फत समस्याको समाधानका लागि आग्रह गरेपछि छलफलको वातावरण बनेको हो । मागको विषयमा एक महिनाभित्र सर्वपक्षिय रुपमा अध्ययन गरेर अगाडी बढ्ने प्रतिबद्धता जनाइएपछि ताला खुलाईएको जनाएको छ ।

बैठकमा जिल्ला समन्वय समितिका सभापति शिवनारायण साह, प्रमुख जिल्ला अधिकारी किरण थापा, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य अशोक कुमार मण्डल, जनता समाजवादी पार्टीरा जिल्ला अध्यक्ष केदारप्रसाद यादव, नेपाली काँग्रेसका जिल्ला सभापति रामदेव साह, नेकपा एकीकृतका जिल्ला अध्यक्ष प्रताप नारायण चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झा, जनमत पार्टीका जिल्ला इन्चार्ज रामगमन साह लगायतको उपस्थिति थियो ।  

Author:



क्याटोगरी छान्‍नुहोस