प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीमा जानुपर्छ : अध्यक्ष राउत

काठमाडौं–जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीमा जानुपर्ने बताएका छन् ।

बुधबारको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलमा भाग लिँदै उनले विश्वासको मत प्रत्यक्ष रुपमा जनताको हातमा सुम्पिन आवश्यक रहेको बताए ।

उनले जनताले हामीलाई दिएको विश्वासको मतलाई हामीले बचाउन नसकेको उल्लेख गर्दै अहिलेको संसदको गन्थनमन्थनबाट जनताले केही पाउन नसकेको टिप्पणी गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस