अनर्गल पर्चा पम्लेट टाँस्ने दुई जना पक्राउ

जनकपुरधाम । धनुषा प्रहरीले मधेशका विभिन्न जिल्लामा अनर्गल पर्चा, पम्पलेट टाँस्ने दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पंकज झा र मनिष पुर्वे रहेको धनुषा जिल्ला प्रहरी कार्यालय प्रमुख मित्रबन्धु शर्माले जनाएका छन् । बुधरवार अबेर रातिसम्म धनुषा प्रहरीले चलाएको चर्च अपरेसनबाट उनीहरु पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ ।

पछिल्लो समय बाहिरी शक्तिको इसारामा उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘दाहाल’ र उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको विरुद्धमा विभिन्न अनग्रल पर्चा, पम्पलेट टाँस्ने गरेको प्रहरी स्रोतको भनाई छ ।

धनुषाको लादोबेलाबाट पक्राउ परेको झा र पुर्वे हिन्दु एकता समाजको रहेको प्रहरी बयानमा बताएका छन् । त्यस्तै यस कार्यमा संलगन अझै केहि व्यक्ति संल्गन भएको बताएको छ ।

पक्राउ परेको दुबै जनामाथि थप अनुसन्धान भइरहेको प्रमुख शर्माले बताएका छन् । यसमा संल्गन थप अरु व्यक्ति खोजि भइरहेको प्रहरी बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस