आपराधिक गतिविधि नियन्त्रण गर्न कसैको निर्देशन कुर्नु पर्दैन : गृहमन्त्री लामिछाने

जनकपुरधाम–उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले तस्करी, गुण्डागर्दी र प्राकृतिक स्रोतको दोहन नियन्त्रण गर्न सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन् ।

बिहीबार साँझ उनले ‘भर्चुअल’ माध्यमबाट भएको छलफलमा ७७ जिल्लाका जिल्ला सुरक्षा अधिकारीलाई निर्देशन दिएका हुन् । उनले आपराधिक गतिविधि नियन्त्रण गर्न कसैको निर्देशन कुरिरहनु नपर्ने बताए ।

“गृह मन्त्रालय हिजो कसरी चलेको थियो थाहा छैन, अब हिजोको जसरी चल्दैन, गृह मन्त्रालयको नेतृत्व फेरिएको महसुस नागरिकले भोलि नै गर्नुपर्छ । गृहमन्त्रीका रुपमा नागरिकका पक्षमा, आशा जगाउने गरी काम गर्नेछु”, गृहमन्त्री लामिछानेले भने ।

समस्या लिएर आउने सेवाग्राहीको काम तत्काल गरिदिन निर्देशन दिँदै उनले काम नहुने अवस्था छ भने कारणसहित सम्झाउन आग्रह गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस