पत्रकार महासंघ सप्तरीको समस्या वार्ता र सम्वादबाट समाधान गर्न आग्रह

राजविराज– नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा गरिएको तालाबन्दी खुलाई दैनिक कामकाज सुचारु गर्न/गराउन पाँच वटा संघ संगठनले आग्रह गरेको छ ।

प्रेस युनियन सप्तरी, प्रेस मञ्च सप्तरी, प्रेस सेन्टर सप्तरी, प्रेस चौतारी सप्तरी र समाजवादी प्रेस संगठन सप्तरीले मंगलबार विज्ञप्ति जारी गर्दै दुवै पक्षसँग आग्रह गरेको हो । ‘नेपाल पत्रकार महासंघ शाखा सप्तरीको राजविराजस्थित कार्यालयमा मिति २०८० फागुन २४ गतेदेखि गरिएको तालाबन्दी हालसम्म जारी रहेको सर्वविदितै छ । महासंघको कार्यालयमा गरिएको तालाबन्दीका कारण त्यहाँ आयोजना हुने पत्रकार सम्मेलन, नयाँ सदस्यता प्रक्रियासहित कार्यालयको दैनिक कामकाजसमेत प्रभावित भईरहेको छ ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा कुनै पनि समस्याको समाधान वार्ता र सम्बादबाटै हुने भएकोले वार्ताको माध्यमबाट समस्याको निकास खोज्न आग्रह गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस