सप्तरीमा बञ्चरो प्रहार गरी आफ्नै बुवाको हत्या

राजविराज – आफ्नै बुवाको हत्या गरेको आरोपमा सप्तरीको सप्तकोशी नगरपालिका–३ सखबनि नयाँ बस्तीका लालदेव सदा पक्राउ परेका छन् । २२ वर्षीय सदाले बुधवार विहान आफ्नो ४५ वर्षीय बुवा हिराई सदामाथि वञ्चरो प्रहार गरेका थिए ।

वञ्चरो घाँटीमा लागेका कारण हिराईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ढृण्डिराज नेउपानेले जानकारी दिए ।

उनका अनुसार लालदेवले छिमेकी ६५ वर्षीय दशन सदामाथि पनि वञ्चरो प्रहार गरेका छन् । उनको पनि टाउको र हातमा चोट लागेर उपचार भइरहेको छ ।

लालदेवमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस