शाखा अधिकृतविरूद्ध ३ करोड २१ लाखको भ्रष्‍टाचार मुद्दा दायर

जनकपुरधाम–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरणमा कार्यरत शाखा अधिकृत यामकुमार कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

कार्कीले २१ वर्षको अवधिमा तीन करोड २१ लाख ३२ हजार ९५६ रुपैयाँ गैरकानुनी सम्पति आर्जन गरेको ठहर गर्दै बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

कार्कीले पदीय मर्यादा विपरीत सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गराई गैर कानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको उजुरी अख्तियारमा परेको थियो । सो सम्बन्धमा छानबिन हुँदा उनको तीन करोड एक्काइस लाख बत्तीस हजार नौ सय छपन्न रुपैयाँ पचहत्तर पैसा बराबरको सम्पत्ति अवैधानिक देखिएकाले सोही बराबरको रकम बिगो मागदाबी लिइएको छ।

यस्तै अवैध सम्पत्ति असुल उपर गर्ने प्रयोजनका लागि निजकी पत्नी देवका अधिकारीलाई समेत प्रतिवादी कायम गरी सम्पत्ति जफतको मागदाबी लिई बिहीबार विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस