प्रेम सम्बन्ध चिसिएपछि बाबुरामले रेटेका थिए सुमिनाको घाँटी

राजविराज–सुनसरीको धरानकी सुमिना श्रेष्ठको उनकै प्रेमीले हत्या गरेको खुलेको छ । सुमिनाको धरान उपमहानगरपालिका वडा नम्बर १८ मा शव भेटिएको थियो ।

शुक्रवार ईलाका प्रहरी कार्यालय धरानले हत्याका आरोपी सार्वजनिक गरेको हो । प्रेमी धरान उपमहानगरपालिका वडा नम्वर १६ का १९ वर्षीय सविन भन्ने बाबुराम भुजेल रहेको प्रहरीले बताएको छ। प्रेमीसँग भएको खटपटका कारण हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो।

जिल्ला प्रहरी कार्यालय धरानले शुक्रवार उनलाई सार्वजनिक गर्दै सोबारे जानकारी दिएको हो। प्रहरीका अनुसार अनुसन्धान कार्य अघि बढाउनुका साथै संलग्न व्यक्तिको बारेमा बुझ्दै जाँदा मृतक प्रेमिका सुमिना श्रेष्ठ र सविन भन्ने बाबुराम भुजेलकोबीच करिव २ वर्ष अघिदेखि सामाजिक सञ्जालमार्फत सम्बन्ध गाँसिएको देखिएको बताएको छ।

२०८० पौष महिनादेखि सुमना श्रेष्ठले ग्लोलोराइस धरानमा काम गर्न थालेपछि सोही कम्पनीमा काम गर्ने प्रदीप श्रेष्ठसँग चिनजान भएको, निजहरु एकआपसमा नजिक हुन थालेको, फेसबुक आईडी समेत एउटै चलाउने गरेको, जसले गर्दा उनीहरु बीचको सम्बन्ध नजिक भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। प्रेमसम्बन्धकै कारण तीन महिनापछि दुई जनाको प्रेम सम्बन्ध चिसिएको भएपनि सुमिना र प्रेमी भुजेलको काम विशेषले २०८० साल चैत ०२ गते प्र्रेमिका सुमिनालाई धनकुटाको मुलघाटमा लगेपछि उनीहरुबीचको सम्बन्ध अझ चिसिएको प्रहरीको भनाई छ।

सम्बन्ध चिसिकएकै कारण २०८० साल चैत ७ गते अन्दाजी २ः५० बजेको समयमा जिल्ला सुनसरी, धरान उ।म।न।पा वडा नं। १८ वि।पि। कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुल बीच रहेको एकान्तमा खोल्सामा खुकुरी प्रहारमार्फत घटना गराएर फरार रहेको देखिएको छ।

प्रहरीको अनुसन्धानको क्रममा किशोरीको घाँटी रेटिएको अवस्थामा मृत फेला प्रहरीले पारेपछि सुनसरी प्रहरीको कमाण्डमा अनुसन्धान टोली, ईलाका प्रहरी कार्यालय धरान सोसो सहितको प्रहरी अधिकृतको टोली र नेपाल प्रदेश प्रहरी कार्यालयले अनुसन्धान थालेको थियो। घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780