नेपाल सबै नेपालीको हुनुपर्छ : नेता महतो

प्रिया सिंह थारु
काठमाडौं – राष्ट्रिय मुक्त क्रान्ति अभियानका संयोजक नेता राजेन्द्र महतोले नेपाल सबै नेपालीको हुनुपर्ने बताएका छन् ।

बानेश्वर स्थित एक पार्टी प्यालेसमा होली मिलन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । अभियानका संयोजक महतोले भने, ‘नेपाल बहुलराष्ट्रिय राज्य हो, बहुल राज्यवादबाट मात्र यस मुलुकमा बसोबास गर्ने सबै जातको बिकास सम्भव छ ।’

उनले त्यसैका लागि राष्ट्रिय मुक्त क्रान्तिका अभियान संचालन गरेको बताए । मधेश काठमाडौ समन्वय विशेष परिषद्द्वारा आयोजित होली मिलन समारोहमा अभियानका नेता बुद्वछिरिङ मोक्तान , आरके तमाङ, कमला गुरुङ , बिधा श्रेष्ठ, केशव झा, पुर्वराजदुज बिजयकान्तलाल कर्ण, मधेसी नागरिक समाजका अध्यक्ष गणेश मण्डल लगायतले होलीको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कौशल सिंहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गायिका तनुजाचौरसिया, शान्ति सदा, हरिशंकरले होली गीत प्रस्तुत गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस