बलान बिहुलमा पोखरीमा डुबेर बालकको ज्यान गयो

file photo

रामशंकर भण्डारी

बलान विहुल – सप्तरीको बलान विहुल गाउँपालिका-४ बेल्हीस्थित मलाह टोलमा आइतबार पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ ।

दिउँसो खेल्ने क्रममा  घर अगाडिको रहेको पोखरीमा डुबेर स्थानिय ईन्दल मुखियाका ४ वर्षीय छोरा आनन्द मुखियाको ज्यान गएको हो ।

स्थानीयले बालकलाई पोखरीबाट मृत अवस्थामा फेला पारेपछि निकालेको प्रहरी चाटौकी बेल्हीले जनाएको छ । बालकको शव पोष्मार्टमकालागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ढुण्डीराज नेउपानेले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस