लागूऔषधसहित एक जना पक्राउ

रामशंकर भण्डारी
बलान बिहुल – सिरहाको भगवानपुर गाउँपालिका–४ ठाढी चौकबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–१२ सगरमाथा टोल बस्ने २० वर्षीय साइल राई रहेका छन् ।

चेकजाँच गर्ने क्रममा राईको साथबाट एसिटामिनोफेन क्याप्सुल, डाजेपाम एम्पुल, बुप्रेनर्फिन र प्रोमेथाइजिन हाइड्रोक्लोराइड गरी ७२ थान लागूऔषध बरामद गरिएको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस