छिन्नमस्तामा शिक्षक–कर्मचारी आन्दोलित, अनिश्चितकालिन विद्यालय बन्द

राजविराज–सात महिनादेखि तलब नपाएको भन्दै सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ स्थित छिन्नमस्ता संस्कृत मावि सखडामा कार्यरत शिक्षक–कर्मचारीहरु आन्दोलित भएका छन् ।

उनीहरुले बुधवार विज्ञप्ति जारी गर्दै ४ बुँदे माग पूरा नभएसम्म सम्पूर्ण शैक्षिक गतिविधि ठप्प राख्ने जनाएको छ । उनीहरुले वैशाखभित्र अभिभावक भेला हुनुपर्ने, यसअघि भएका शिक्षक स्टाफका निर्णयको कार्यान्वयन हुनुपर्ने, पाठ्यपुस्तक तथा दिवा खाजाको अविलम्ब व्यवस्था र शिक्षक–कर्मचारीहैको तलबको अविलम्ब भुक्तानी हुनुपर्ने माग राखेका हुन् ।

सात महिनादेखि तलबविहिन रुपमा पनि विद्यालयमा तोकिएका जिम्मेवारी पूरा गर्दै आए पनि तलब सुविधाको कुनै निश्चितता नदेखिएपछि बाध्य भएर आन्दोलित हुनुपरेको विज्ञप्तिमा जनाइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस