बेल्हीमा आगलागी हुँदा लाखौंको क्षति 

राजविराज–सप्तरीको बलान विहुल गाउँपालिका–४ बेल्हीमा सोमबार आगलागी हुँदा कुटानी पिसानीको मिलसहित लाखौं रुपैयाँ बराबरको सरसमान जलेर नष्ट भएको छ ।

विहान करिब ११ बजे स्थानीय नन्दकिशोर पंडित ‘नन्दी’ को घरमा जडान गरिएको पुरानो मिलमा विद्युत सर्ट भएर आगलागी भएको हो । आगलागीमा उक्त घरसहित मिल, फर्चिनिचर, लत्ताकपडा लगायतका सरसमान जलेर २० लाखको क्षति भएको प्रहरीले जनाएको छ ।

उक्त आगो लहान र शम्भुनाथ नगरपालिकाबाट पुगेको बारुणयन्त्र, सशस्त्र तथा नेपाल प्रहरी र स्थानीयवासिन्दाको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस