सप्तरीमा पुनः भिषण आगलागी, सयभन्दा बढी घर जल्यो

राजविराज – सप्तरीको महादेवा गाउँपालिका-१ चिमटीमा मंगलबार भिषण आगलागी भएको छ ।

दिउँसो अचानक आगलागीमा परी सयभन्दा बढी घर जलेर नष्ट भएको  छ । तिब्र गतिमा हुरी आएको समयमा आगलागी हुँदा ठूलो क्षति भएको प्रहरीले जनाएको छ ।

वडा अध्यक्ष जयकिशोर दासका अनुसार शत्रुधन यादवको घरबाट शुरु भएको आगलागीले गाउँ नै स्वाहा भएको छ । उनले यादव, मुसहर र मुस्लिम समुदायको बसोबास रहेको यो बस्तीका २ सय जति घर नस्ट भएको प्रारम्भिक जानकारी दिए । आगो नियन्त्रणमा लिने प्रयास जारी रहेको छ ।

यसअघि, जिल्लाको कञ्चनरुप नगरपालिका– ५ पडेमारामा भिषण आगलागि हुदा २४ वटा घर जलेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस