छिन्नमस्ताका जनप्रतिनिधि र कर्मचारीले चिम्टीका अग्निपीडितलाई एक दिनको तलब–भत्ता दिने 

राजविराज–सप्तरीको छिन्नमस्ता गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले भिषण आगलागी हुँदा बस्ती नै सखाप बनेको महादेवा गाउँपालिका–१ चिम्टीका पीडितहरुलाई एक दिनको तलब–भत्ता दिने भएका छन् ।

बुधवार गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले तलब–भत्ता दिने विषयमा घोषणा गरेका हुन् । उनले विपद्को यस बेलामा एक भएर काम गर्न सबैमा आग्रह समेत गरेका छन् । ‘सप्तरीका सम्पूर्ण स्थानीय सरकार प्रमुख जिहरुलाई समेत सहयोग गर्न आग्रह गर्द्छु ।’, उनले भने ।

उक्त गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारी गरी करिब ३ सय जना छन् ।

मंगलबार दिउँसो शत्रुधन यादवको घरबाट अचानक सल्केको आगो फैलिएर यादव, मुसहर र मुस्लिम समुदायको बसोबास रहेको उक्त बस्तीका दुई सय जति घर जलेर बस्ती नै सखाप भएको थियो ।

आगलागीपछि पीडितहरुले खुला आकाशमुनि बस्न बाध्य छन् भने चर्को घाम र गर्मीका कारण बालबालिका, वृद्ध र अशक्त नागरिकमाथि थप समस्या निम्तिने खतरा समेत उत्तिकै रहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस