चिम्टीका अग्निपीडितलाई निःशुल्क खाना खुवाइँदै 

राजविराज–सप्तरीको महादेवा गाउँपालिका–१ चिम्टीका अग्निपीडितहरुलाई आजबाट निःशुल्क खाना खुवाउने भएको छ ।

सप्तरी युथ नेपाल र नूर वेलफेयर सोसाईटी सप्तरीको संयुक्त आयोजनामा ‘अग्निपीडितका लागि दैनिक भोजन सेवा कार्यक्रम’ सञ्चालन गरिएको हो । सो कार्यक्रम अन्तर्गत अग्निपीडितलाई विहान–बेलुवा निःशुल्क खाना खुवाइने सप्तरी युथ नेपालका उपाध्यक्ष मोहनकुमार यादवले जानकारी दिए ।

उनका अनुसार बेलुवाका लागि १ क्विन्टल चामल, २५ किलो दाल, तरकारीसहितका खाना तयार भइरहेको छ । उक्त कार्यक्रममा स्वतन्त्र विद्यार्थी यूनियन मविव क्याम्पस राजविराज, मिसन कलेज र पदमा एण्ड टुरिजम बथनाहाको पनि सहकार्य रहेको जनाएको छ ।

मंगलबार दिउँसो शत्रुधन यादवको घरबाट अचानक सल्केको आगो फैलिएर यादव, सदा र मुस्लिम समुदायको बसोबास रहेको उक्त बस्तीका ६५ परिवारका १ सय १४ वटा घर जलेर बस्ती नै सखाप भएको छ । सो दिन स्थानीय तहले उपलब्ध गराएको चिउरा, भूजासहितका खाद्यान्न खाएर पीडितहरुले छाक टारेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780