कैलाश सिरोहियालाई धनुषा अदालत ल्याइयो

राजविराज–नागरिकता कीर्ते सम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई म्याद थपका लागि धनुषा जिल्ला अदालतमा ल्याइएको छ ।

अहिले अदालत आसपासको सुरक्षा व्यवस्था निकै कडा छ । बाक्लो संख्यामा त्यहाँ प्रहरी परिचालन भएका छन् । अदालत जाने सडकमा प्रहरीले घेरा हालेको छ । अदालतमा प्रवेशमा समेत कडाइ गरिएको छ ।

नागरिकता कीर्ते सम्बन्धी कसुरमा अनुसन्धानका लागि धनुषा जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएको थियो । त्यसपछि उनलाई काठमाडौँबाट पक्राउ गरिएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस