सप्तरीमा एक महिलामाथि निर्घात कु’टपिट, तीन जना पक्राउ (भिडिओ) 

राजविराज, ९ जेठ–सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा एक महिलामाथि निर्घात कुटपिट भएको घटना बाहिरिएको छ ।

ती महिलालाई सडकमै ३–४ जनाले बाँसको भाटाले अन्धाधुन्ध कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा देखिएको छ । कुटपिटबाट सडकमै बेहोस भएको भिडिओमा देखिएको छ ।

सोमवार कुटिएकी महिला वडा नम्वर १४ रम्पुरा मल्हनियाँ बस्ने रेखादेवी राम रहेकी बताइएको छ । प्रत्यक्षदर्शीहरुकाअनुसार कुटपिटबाट उनी गम्भीर घाइते भएकी छन् ।

यता, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ढुण्डिराज नेउपानले ती घटनामा संलग्न रहेका तीन जनालाई नियन्त्रणमा लिइएको बताए । ‘परिवारभित्रकै झगडा रैंछ, कुटपिटमा संलग्नमा रहेका तीन जनालाई नियन्त्रणमा लिइसकेका छौं’ उनले भने, ‘कुटपिटमा परेकालाई जाहेरी दिनका लागि बोलाएका छौं, त्यसपछि थप विवरणमा पठाउँछौं ।’

तीनै जनालाई मंगलबार नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक नेउपालने बताए । यद्यपी, पीडित महिलाका परिवारजनले भने अझैंसम्म जाहेरी गर्न नआएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस