धनुषामा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

जनकपुरधाम, २० असार–धनुषाको धनौजी गाउँपालिकामा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ ।

वडा नम्वर ५ बहुअर्वास्थित सार्वजनिक पोखरीमा डुबेर ११ वर्षीया मुस्कान खातुन, १० वर्षीया अजमेरी खातुन र ९ वर्षीया जिन्नत खातुनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन आवाले घरमा कसैलाई जानकारी नदिइ तीनै बालिका एकसाथ पोखरीमा नुहाउन गएकी थिइन् । पौडी खेल्न नसक्दा उनीहरु डुबेर बेपत्ता भएको र खोज्दा मृत भेटिएको उनले बताए ।

मृत्यु भएका तीनै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस