बलान बिहुलका कृषकलाई एटीएम कार्ड वितरण, साढे १४ हजारसम्मको सहुलियत पाउने

रामशंकर भण्डारी
बलान बिहुल, २१ असार–सप्तरीको बलान विहुल गाउँपालिकामा विपन्न तथा दलित समुदायका किसानहरुलाई आर्थिक सशक्तीकरण गर्ने उद्देश्यले ‘कृषक एटीएम कार्ड’ वितरण गरिएको छ ।

राष्ट्रिय कृषक समुह संघ नेपालद्वारा केयर नेपालको सहयोग र गाउँपालिकासँगको सहकार्यमा सञ्चालित पोषण परियोजना अन्तरगत ७ सय २ घर परिवारलाई १४ हजार ५ सयका दरले कृषि सामग्रीका लागि एटीएम कार्ड वितरण गरिएको हो ।

उक्त कृषक एटीएम कार्डलाई आश्यकता परेका बेला समूहको सदस्यहरूले बैठक बसि सम्झौता भएको पसलबाट कृषि सम्बन्धि १४ हजार ५ सय बराबरको सामग्री खरिद गर्न पाउने जनाएको छ ।

त्यस्तै, एक कृषक समूहका प्रमुखलाई २५ हजारका दरले डेमो प्रदर्शन स्थलको रुपमा राखिनेछ । जसबाट उक्त समूहको सदस्यहरुले सिकेर आफ्नो खेतीयोग्य जमिनमा तरकारी लगाएर जीविकोपार्जन गर्न सहयोग पाउनेछन् ।

गाउँपालिकाको ६ वटै वडाबाट कृषक समूह छनोट गरी पठाइएको छ । जसमध्ये वडा नम्वर १, २ र ३ बाट ५–५ वटा समूह, वडा नम्वर ४ र ५ बाट २–२ वटा समूह तथा ६ बाट ८ समूह गरी जम्मा २७ वटा समूहले सहुलियत पाएको वडा नम्वर १ का वडाध्यक्ष रामकुमार यादवले बताए ।

गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले एटीएम कार्ड वितरण गर्दै उक्त कार्डले कृषकलाई धेरै सुविधामा पहुँच हुने र कृषि क्षेत्रभित्र नगदरहित कारोबारलाई सु–व्यवस्थित हुने विश्वास व्यक्त गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार