बाढीका कारण बलान नदीमा फसेका ६ जना किसानको उद्धार

रामशंकर भण्डारी

राजविराज, २२ असार–सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीस्थित बलान नदीमा आएको बाढीमा फसेका ६ जना किसानलाई उद्धार गरिएको छ ।

खेतमा धान रोपेर घर फर्किदै गर्दा शनिवार साँझ नदीमा अचानक आएको बाढीका कारण ६० बर्षीय श्रीदेव माली, मुक्ता माली, रामचन्द्र यादव, सत्यनारायण मण्डल र एक महिला गरी ६ जना किसान फसेका थिए ।

उनीहरुबारे जानकारी भएसँगै प्रहरीलाई जानकारी गराइएको थियो । बिओपी बेल्हीबाट खटिएको प्रहरी टोलीले उनीहरुको उद्धार गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780