राजविराज, २५ असार–सप्तरीको बोदे बरसाईन नगरपालिका–८ काचनमा चोरी गर्न आएको भन्दै रक्सीले मातिएका एक युवकमाथि मरणासन्न हुने गरी कुटपिट भएको छ ।
सोमबार राति युवकमाथि भएको कुटपिटको भिडिओ सामाजिक सञ्जालमा हालेपछि घटना बाहिरिएको हो । सामूहिक कुटपिटबाट घाइते भएका युवकलाई प्रहरीको जिम्मा लगाइएको छ ।