नरहाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत झासहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ, २५ असार–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको नरहा गाउँपालिकाको कार्यालयका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भवेश कुमार झाविरुद्ध सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७४/७५ मा कार्यालयले नियोमेड इन्टरनेशनलसँग खरिद गरेको ५७ प्रकारका औषधीजन्य मालसामानहरुको नियम विपरीत भुक्तानी आदेश र जिन्सी दाखिला प्रतिवेदन बिना नै आपूर्तिकर्ताले पेश गरेको बिल बमोजिम छ लाख २० हजार ९६ रुपियाँ बराबरको औषधीजन्य वितरण नगरी÷नगराइ हानिनोक्सानी गराइएको भन्दै उनीहरु विरुद्ध मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तत्कालीन लेखापाल सुरेश कुमार कुसियैतले औषधीजन्य मालसामानहरूको बिल बमोजिमको रकम आपूर्तिकर्तालाई भुक्तानी गरेर सो बराबरको रकम हानिनोक्सानी पुर्‍याएको आयोगले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस