डाक्टर र नर्सले पाएको लाइसेन्सलाई कमजोर ठान्नु हुँदैन : स्वास्थ्यमन्त्री यादव

काठमाडौं, २७ असार-स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले सरकारले परीक्षा लिएर लाइसेन्स दिएका चिकित्सकहरुको क्षमतामा प्रश्न उठाउन नहुने बताएका छन् ।

बिहीबारको राष्ट्रिय सभा बैठकमा विनियोजित विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले यस्तो बताएका हुन् ।

मन्त्री यादवले सरकारले लिने परीक्षा जालझेल रहित रहेकाले चिकित्सक र नर्सहरु दक्ष रहेको बताए । उनले सरकारले चिकित्सकहरुसँग स्वच्छ रुपले परीक्षा लिने र नतिजा निकाल्ने गरेको पनि बताए । उनले देशभर खटिएका ५० हजार बढी स्वयंसेविकाहरुको बारेमा राज्यले सोच्न आवश्यक रहेको बताए ।

मन्त्री यादवले सरकारले पर्याप्त पुँजी खर्च गर्नसक्ने हो भने चिकित्सकलाई सरकारी अस्पतालमै मात्रै काम गर्ने नीति बनाइदिने भन्दै अहिलेको सरकारले दिने रकमले नपुग्ने अवस्था रहेको बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस