जसपा नेपालको केन्द्रीय समिति गठन : को को परे ? (नामावली हेर्नुहोस्)

काठमाण्डौ, २७ असार । जनता समाजवादी पार्टी नेपालको जनकपुरधाममा सम्पन्न एकताको राष्ट्रिय महाधिवेशनको लगभग एक महिनापछि २१५ सस्यीय केन्द्रीय समिति गठन गरी नामावली सार्वजनिक गरिएको छ ।
पार्टीका अध्यक्ष उपेन्द्र यादवले बिहीबार औपचारिक रुपमा केन्द्रीय सदस्यहरुको नामावली सार्वजनिक गरेका हुन् । पार्टीका राष्ट्रिय महाधिवेशन २०८१ साल जेष्ठ २८, २९ र ३० गते जनकपुरधाममा सम्पन्न भएको थियो । उक्त महाधिवेशनले जसपा, नेपालको विधान २०८० को (संशोधित) धारा १४१ (१) मा व्यवस्था भए बमोजिम राष्ट्रिय महाधिवेशनद्वारा महाधिवेशनवाट निर्वाचित केन्द्रीय समितिको अध्यक्षलाई केन्द्रीय समिति÷पदाधिकारी÷कार्यकारिणी सदस्य तथा केन्द्रीय निकायका पदाधिकारी र सदस्यहरूसमेतको मनोनयन गरी घोषणा गर्ने अधिकार प्रत्यायोजन गर्ने निर्णय गरिएको थियो । सोही अधिकार र पार्टीको विधान २०८० को धारा ८७ (१) मा भएको व्यवस्था अनुसार अध्यक्ष यादवले निर्णय गरी केन्द्रीय समिति गठनबारे घोषणा गरेका छन् ।

विस्तृत नामावली हेर्नुहोस्

 

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780