दुई बस त्रिशूलीमा खसेको स्थानमा गोताखोरबाट बेपत्ताको खोजी सुरु

काठमाडौं, २८ असार-आज बिहान नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगायो । ती बस त्रिशूली नदीमा बेपत्ता भएको बताइएको छ ।

ती दुई बसमा चालकसहित ६५ जना रहेका बताइएको छ ।

घटनास्थल पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान साढे ३ बजे काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका हुन् ।

गौर जाँदै गरेको बसमा ४१  र काठमाडौं जाँदै गरेको बसमा २४ जना रहेका प्रमुख जिल्ला अधिकारी यादवले बताएका छन् । अहिले  उक्त स्थानमा सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतले उद्धार तथा खोजी कार्य गरिरहेका छन् ।

यसैबीच, चितवनमा भएको दुर्घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोरसहितको फौज घटनास्थलमा पुगेको छ । उक्त फौजले बेपत्ताहरूको खोजी सुरु गरेको सशस्त्र प्रहरी बलका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

उक्त स्थानमा  सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट बाट ४५ जना र विपद् व्यवस्थापन तालिम शिक्षालबाट ७ जना गोताखोरसहित २५ जना परिचालन भएको थापाले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780