जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव आज मनिला प्रस्थान गर्दै

काठमाडौं १३, असार–जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव आज फिलिपिन्सको मनिला प्रस्थान गर्दैैछन् । एसियाली प्रजातान्त्रिक पार्टीहरुको सङ्गठन

(सोकडेम एसिया प्यासिफिक) को जुलाई २९ तारिखमा हुन लागेको स्टेरिङ कमिटिको बैठकमा सहभागी हुन अध्यक्ष यादव त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

मलेसिया एयरलाइन्सको विमानबाट आज राति ११ः३० बजे मनिला जान लागेका अध्यक्ष यादवसँगै जसपा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख अर्जुन थापासमेत सहभागी रहनेछन् ।

अध्यक्ष यादवले ३१ जुलाईमा प्रोग्रेसिभ एलाइन्सको ग्लोबल कन्फेरेन्समा ‘वर्किङ फर अ न्यू प्रोग्रेसिभ एरा’ बिषयक कार्यपत्र प्रस्तुत गरी उक्त सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ३० जुलाईका दिन विदेश विभाग प्रमुख अर्जुन थापाले समेत सम्बोधन गर्ने कार्यक्रम छ ।

उक्त सम्मेलनमा एसियाको ४१ देशमा प्रतिनिधि नेताहरु सहभागी हुँदैछन् । जुलाई २९ मा उद्घाटन हुने उक्त सम्मेलन तीन दिनसम्म चल्नेछ ।

त्यसैगरी, अध्यक्ष यादव त्यहाँको राजनीतिक दल अक्बायन सिटीजन एक्सन पार्टीको महाधिवेशनको उद्घाटन सत्रमा पनि सहभागि हुनेछन् । जनता समाजवादी पार्टी, नेपाल सोकडेम एसिया प्यासिफिकको स्टेरिङ कमिटिको सदस्य रहेको छ । अध्यक्ष यादव साउन १७ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार