सौर्य एयरलाइन्सको जहाज दुर्घटना : १७ जनाको शव आफन्तले बुझे

काठमाडौं–सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका १७ जनाको शव आफन्तले बुझेका छन् ।

शनिबार साँझसम्म विदेशी अरिफ रेडाको बाहेक सबै शव आफन्तले बुझेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । सौर्य एयरलाइन्समै कार्यरत यमनी नागरिक आरिफ रेडाको शव अस्पतालमै रहेको छ ।

गत बुधबार त्रिभुवन विमानस्थलबाट पोखरातर्फ उडेको सौर्य एयरलाइन्सको दुर्घटनामा परेको थियो । जहाजमा सवार १९ मध्ये विमान चालक मनिषरत्न शाक्यबाहेक सबैको ज्यान गएको थियो ।

विमान चालक शाक्यको अहिले सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ र उनको अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस