प्रभावको भरमा प्रहरीले गरिरहेको अनुसन्धानविरुद्ध पत्रकार महासंघ आन्दोलित

राजविराज–पछिल्लो समय सप्तरी प्रहरीले राजनीति र विचौलियाको प्रभावमा परेर अनुसन्धानमा ढिलासुस्ती गरिरहेको गुनासो भइरहदा नेपाल पत्रकार महासंघ, सप्तरीले पनि प्रहरीविरुद्ध आन्दोलन सुरु गरेको छ ।

बुधवार महासंघ, सप्तरीले विज्ञप्ति जारी गर्दै राजनीति गन्धले पत्रकारलाई ज्यान मार्ने धम्की दिएको विषयमा प्रहरीले अनुसन्धानमा सक्रियता नदेखाएपछि आरोप लगाउँदै आन्दोलन सुरु गरेको हो ।

‘समाचार लेखेको निहुँमा नेपाल पत्रकार महासंघ सप्तरीका कोषाध्यक्ष एवं राजविराज दैनिकका पत्रकार नवीन गुप्तामाथि अभद्र व्यवहार गर्दै ज्यानमार्ने धम्की दिने महदेवा गाउँपालिकाका अभिषेक मण्डलमाथि कानुन बमोजिम कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा महासंघले लिखित पत्राचार गरेको सर्वविदितै छ । उक्त क्रममा सप्तरीका प्रहरी उपरीक्षक गजुसिद्धी बज्राचार्यले बुधवार (१६ साउन)सम्म कारबाही प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता गरेपनि त्यो बमोजिम हुन सकेन । यस प्रकरणमा ‘राजनीति’ गन्धसमेत हामीलाई आभाष भएको छ । अतः पत्रकार महासंघको पहिलो प्राथमिकता पत्रकारको सुरक्षा नै भएको र त्यसमा सप्तरी प्रहरीले सक्रियता र गम्भीरता दुवै नदेखाएको हुँदा तपसिल बमोजिमको पहिलो चरणको संघर्ष कार्यक्रम घोषणा गरिएको छ ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आन्दोलनका कार्यक्रमअनुसार बिहीबार प्रहरीको माथिल्लो निकाय जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने, शुक्रवारदेखि सप्तरी प्रहरीको समाचार बहिष्कार गर्ने र शुक्रवारैदेखि हातमा कालो पट्टि बाँधेर सप्तरीका पत्रकारले काम गर्नेछन् ।

उक्त अवधिमा पनि पत्रकार धम्काउनेमाथि प्रहरीले कारबाही नथालिए दोश्रो चरणको थप सशक्त आन्दोलन गर्न बाध्य हुने विज्ञप्तिमा चेतावनी दिइएको छ । ‘पछिल्लो समय सप्तरी प्रहरीको भूमिका नै शंकास्पद देखिएको छ र सर्वसाधारणको गुनासो पनि त्यति नै छ’ महासंघ, सप्तरीका सचिव रामनारायण विश्वासले भने, ‘पैसा र पावरको भरमा अनुसन्धान वा न्याय सम्पादन भयो भने त्यो ज्यादै दुखद् हो, सप्तरी प्रहरीले आफ्नो दायित्व निष्पक्ष भएर पूरा गरोस् अन्यथा हामी चुप लागेर बस्नेबाला छैन् ।’

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार