पत्रकारमाथि दुर्व्यवहार गर्ने गाउँपालिका अध्यक्ष मण्डलसहितका ६ जनाविरुद्ध जाहेरी

राजविराज–समाचार संकलन गर्न पुगेका पत्रकारहरुलाई दुर्व्यवहार गर्दै बुम (माइक) खोसेर थुन्न लगाएका सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डलसहितका ६ जनामाथि प्रहरीमा जाहेरी दिइएको छ ।

नेपाल पत्रकार महासंघ, सप्तरीको अगुवाईमा बुधवार पीडितहरु महासंघका सचिव रामनारायण विश्वास, कोषाध्यक्ष नवीनकुमार गुप्ता र सदस्य विद्यानन्द रामले उनीहरु विरुद्ध शरीर बन्धक, अभद्र व्यवहार, गाली बेइज्जती र सार्वजनिक अपराध अन्तर्गत जाहेरी दिएका हुन् ।

योजनै पिच्छे गरेको अनियमितता लुकाउन अध्यक्ष मण्डलले तानाशाही प्रवृत्ति अपनाएको आरोप लगाउँदै अन्य जनप्रतिनिधि र स्थानीयहरु आन्दोलित रहदा कान्तिपुर टेलिभिजन सम्वाददाता विश्वास, राजविराज दैनिकका पत्रकार गुप्ता र नेपाल समाचारपत्र सम्वाददाता एवम् मधेशलाइभका कार्यकारी सम्पादक राम समाचार संकलन गर्न गत मंगलबार गाउँपालिका कार्यालयमा पुगेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत रमेशकुमार यादवको कार्यकक्षमा तस्बिर लिएर फर्किरहदा अध्यक्ष मण्डलसहित उनका सहयोगीहरुले अभद्र व्यवहार गर्दै कान्तिपुर टेलिभिजनको बुम खोसेर थुनेको महासंघका सचिव विश्वासले बताए ।

उनका अनुसार प्रमुख प्रशासकीय अधिकृत बाहिर हुँदा पनि उनको कक्षमा एसी चलिरहेकोले उक्त फोटो खिचेर फर्किन लाग्दा गाउँपालिका अध्यक्षले अभद्र व्यवहार गर्दै आफ्ना सहयोगी र आफैंले पनि बुम खोसेर केही बेर थुन्नसम्म लगाएका हुन् । ‘मेरो अफिसमा अनुमति विना किन छिरेको र फोटो खिचेको भन्दै अभद्र व्यवहार गरे, अध्यक्षको खेदपूर्ण रबैया सबै सिसिटिभीमा कैद छन्’ उनले भने–‘हामीले महासंघको अगुवाईमा कानूनअनुसार अघि बढेका छौं, न्याय नपाएसम्म कानूनी लडाई लड्नेछौं ।’

उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा विज्ञप्ति एवम् पहल जारी गरी सहयोग गर्नुहुने सम्पूर्ण संघसंस्था तथा व्यक्तिहरुप्रति आभार व्यक्त गरे ।

जाहेरी बुझ्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गजुसिद्धी बज्राचार्यले कानूनअनुसार अघि बढ्ने प्रतिबद्धता जनाए ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार