जनप्रतिनिधिबाटै पत्रकारमाथि दुर्व्यवहार हुनु घोर निन्दनीय : आमसञ्चार प्राधिकरण

राजविराज, २३ साउन–आमसञ्चार प्राधिकरणले समाचार संकलन गर्न गएका पत्रकारहरुलाई जनप्रतिनिधिले नै दुर्व्यहार गर्दै सञ्चार उपकरण खोस्नु र थुन्नु जस्ता क्रियाकलाप घोर निन्दनीय रहेको बताएको छ ।

बुधवार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले विज्ञप्ति जारी गर्दै उक्त घटनाका दोषी जो कोहीलाई पनि कानूनी दायरामा ल्याई कारबाही गर्न माग गरेका छन् ।

‘२०८१ साउन २२ गते मङ्गलबार समाचार सङ्कलन गर्न गाउँपालिका कार्यालय जाँदा नेपाल पत्रकार महासंघ सप्तरीका सचिव समेत रहनुभएका कान्तिपुर टेलिभिजनका सम्वाददाता आरएन विश्वास, महासंघका जिल्ला कोषाध्यक्ष एवम् राजविराज दैनिकका प्रकाशक नवीन गुप्ता र महासंघका कार्यसमिति सदस्य, मधेशलाइभ डट्कमका कार्यकारी सम्पादक एवम् नेपाल समाचारपत्रका संवाददाता विद्यानन्द राम समेतलाई अपशब्द प्रयोग गर्दै सञ्चार उपकरण खोस्नुका साथै प्रशासकीय अधिकृतको कार्यकक्षमा केहीबेर थुनेर राखेको पीडितहरुबाट बुझिन आएको छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘कान्तिपुर टेलिभिजनका सम्वाददाता विश्वासले दिउँसो १ बजिसक्दा पनि प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष खाली रहेको तथा एसी चलिरहेको अवस्थाको भिडियो खिँचेर निस्किने क्रममा दुर्व्यवहार गर्दै अध्यक्ष मण्डलले मेरो आदेशबिना हाकिमको कार्यकक्षमा किन प्रवेश गरेको ? भन्दै साथमा रहेका समर्थकहरुबाट पत्रकारहरुलाई केहीबेर कार्यकक्षमा थुन्न लगाएको पीडितको भनाई छ । समाचार सङ्कलनका क्रममा पत्रकारहरुलाई गालीगलौज गर्नु, सञ्चार उपकरण खोस्नु र साथै प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा थुन्नु जस्ता क्रियाकलाप लज्जास्पद हो । जनप्रतिनिधिबाटै यस्ता घटना हुनु घोर निन्दनीय हो ।’

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी यस्ता क्रियाकलाप हुनुले नेपालको संविधान तथा कानूनी राज्यको उपहास गरेको प्राधिकरणले ठहर गरेको छ ।

‘उक्त घटनाका दोषी जो कोहीलाई पनि कानूनी दायरामा ल्याई कारवाही गर्न जोडदार माग गर्दछौं । साथै भयमुक्त वातावरणमा समाचार सङ्कलन गर्ने वातावरण निर्माण गर्नेतर्फ समेत गम्भीर बन्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराउन चाहन्छौं ।’ विज्ञप्तिमा उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार