प्रेस स्वतन्त्रतामाथि आघात पुर्याउने अध्यक्षसहितकामाथि कारबाही गर्न प्रेस मञ्चको माग

राजविराज–प्रेस मञ्च नेपाल, सप्तरीले पत्रकारहरुलाई दुर्व्यवहार गर्दै बुम (माइक) खोसेर थुन्न लगाएको घटनामा संलग्नहरुलाई कानूनबमोजिम कारबाही गर्न माग गरेको छ ।

मञ्च सप्तरीका अध्यक्ष भूषण सिंहले विज्ञप्ति जारी गर्दै पत्रकारलाई स्वतन्त्र, सुरक्षित र निर्वाध रुपमा काम गर्ने वातावरण निर्माण गरिदिन स्थानीय प्रशासनसँग पनि माग गरेका छन् ।

‘प्रेस मञ्च नेपाल, सप्तरीका सचिव एवम् नेपाल समाचारपत्रका सप्तरी सम्वाददाता विद्यानन्द राम, कान्तिपुर टेलिभिजनका सप्तरी सम्वाददाता रामनारायण विश्वास (आरएन) र राजविराज दैनिकका पत्रकार नविनकुमार गुप्तामाथि सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डलसहिकाले दुव्र्यवहार गर्दै बुम (माइक) खोसेर थुन्न लगाएको घटनाप्रति प्रेस मञ्च नेपाल, सप्तरीको गम्भिर ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘अन्य जनप्रतिनिधि र स्थानीयहरु आन्दोलित रहदा मिति २०८१।०४।२२ गते मंगलबार समाचार संकलनका लागि तीनै जना पत्रकार गाउँपालिकाको कार्यालय पुगेका थिए ।’

नागरिकलाई सुसूचित गर्ने दायित्व निर्वाह गरिरहेका पत्रकारहरुमाथि अध्यक्ष मण्डल, कर्मचारी रामविलास यादव, रामअवतार मण्डल, जितेन्द्र पटेल, संजीव मण्डल र घंसी मण्डलले दुव्र्यवहार गर्दै बुम खोसेर थुन्न लगाई मोबाइल समेत खोस्ने प्रयास गरेको जस्ता गतिविधि गर्नु निकै आपत्तिजनक विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा प्रेसको संवैधानिक स्वतन्त्रतामाथि आघात पुर्याउने उक्त कार्यको कडा शब्दमा भत्र्सना समेत गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार