डा.सिके राउतले हाले सम्बन्धविच्छेदको मुद्दा

राजविराज, २७ भदौ–जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले जिल्ला अदालत ललितपुरमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेका छन् । राउतले गत भदौ १२ गते श्रीमती सोनी सिन्धु रानीसँग सम्बन्धबिच्छेदको मुद्दा दायर गरेका हुन् ।

उनले ‘अंश र सम्बन्धविच्छेद’ शीर्षकमा मुद्दा दायर गरेको जिल्ला अदालत ललितपुरका प्रवक्ता राम सजिवन महतोले जानकारी दिए ।

महालक्ष्मी नगरपालिका वडा नम्बर ४ इमाडोल बस्दै आएका राउतले आफूहरूको सम्बन्ध नमिलेका कारणले विच्छेद गरिपाऊँ भन्दै मुद्दा दायर गरेका हुन् । उनकी श्रीमती रानी भारतीय नागरिक हुन् ।

उनी माइतीमा मात्रै जाने गरेको, सम्बन्ध राम्रो नभएको, लगायतका विषयहरू उल्लेख गरेका छन् । अदालत ललितपुरका प्रवक्ता महतोका अनुसार अब अदालतबाट श्रीमतीको नाममा म्याद जान्छ त्यसपछि अन्य काम अगाडि बढ्नेछ ।

उनीहरूका दुई छोरी र एक छोरा छन् । छोराछोरीलाई पनि आफूसँगै राख्न राउतले माग गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

मिति २०८१।०७।१९ गते दिउँसो १ बजे श्री क.न.मा.वि. रायपुर स्कूलबाट SLC पास गरेको भु.पु. विद्यार्थीहरुको भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम रहेकोले तपाईको उपस्थितीका लागि आमन्त्रणका साथै नजिकको साथिहरुलाई जानकारी गराउनुहुन अनुरोध छ । उमेश कुमार यादव 9804752133