कोशी सरकारमा कांग्रेसको सहभागिता, तीन मन्त्री र एक राज्यमन्त्री थपिए

विराटनगर–कोशी प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्री थप गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार बिहान नेपाली कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले विराटनगरमा शपथ लिएका हुन्।

प्रदेश सभा सदस्य भुपेन्द्र राईको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी भएको हो। राईलाई भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारी दिएको छ।

खगेनसिंह हाङ्गाम उद्योग कृषि तथा सहकारी मन्त्री बन्दा सदानन्द मण्डलले पर्यटन, वन, वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन्।

भूमि राजवंशी भौतिक पूर्वाधार मन्त्रालयको राज्यमन्त्री बनेका छन्। शुक्रबारको मन्त्रिपरिषद् विस्तारसँगै कोशी प्रदेशमा दुई राज्यमन्त्रीसहित १० सदस्यीय मन्त्रिपरिषद् बनेको छ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार