रवि, छवि, कुमार र जीबीलाई कारबाही गर्न सिफारिस

काठमाडौं–संसदीय छानबिन विशेष समितिले गोर्खा मिडियाबाट पाँच सहकारीको ६५ करोड अपचलन भएको निष्कर्षसहित संसद्लाई प्रतिवेदन बुझाएको छ ।

साढे तीन महिना लगाएर अध्ययन गरेको समितिले सोमबारको संसद् बैठकमा प्रतिवेदन बुझाएको हो।

प्रतिवेदनमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालकमध्ये सांसद रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीसहित कुमार रम्तेल र जीवी राईलाई कारवाही गर्न संसदीय छानविन समितिले सरकारलाई निर्देशन दिएको छ ।

कारवाहीका लागि सिफारिस गरिएकामध्ये कुमार रम्तेल हाल कारगारमै छन् भने जीबी राई फरार रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशी भने अहिलेसम्म फरार नरहे पनि छानविनको दायरामा आएका छैनन् ।

संसदीय छानविन समितिको निर्देशनसँगै अब रवि र छविलाई पनि पक्राउ गरी अनुसन्धान गरिनुपर्ने दबाव सरकारमाथि परेको छ ।

संसदीय छानविन समितिले गोर्खा मिडियाका नाममा ग्यालेक्सी फोरके टीभीको सम्पूर्ण सम्पत्ति सहकारीको ८५ करोडबाटै लगानी भएको र ऋण लगायतका आर्थिक कारोबारमा पूर्वगृहमन्त्री रवि लामिछानेको समेत हस्ताक्षर प्रमाणित भएकाले उनीहरुमाथि कारवाही अगाडि बढाउनैपर्ने समितिको निष्कर्ष छ ।

गोर्खा मिडिया नेटवर्क प्रालिका सञ्चालक जीबी राई हालसम्म फरार छन् ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, पोखराका सचिव तथा गोर्खा मिडिया नेटवर्क प्रालिका सञ्चालक कुमार रम्तेल हाल कास्की कारागारमा छन् ।

गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वसञ्चालक एवम् पूर्वडीआईजी छविलाल जोशी भने पक्राउ परेका छैनन् ।

गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वसञ्चालक एवम् प्रबन्ध निर्देशक रवि लामिछाने हाल प्रतिनिधिसभाका सदस्य एवं रास्वपाका सभापति छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार