धनुषाको प्रहरी हिरासतबाट ९ जना थुनुवा फरार

जनकपुरधाम, ७ असोज–जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट सोमबार बिहान ९ जना थुनुवा फरार भएका छन् । प्रहरी कार्यालयमा रहेको हिरासत कक्षको नयाँ भवनको पश्चिमपट्टिको भेन्टिलेटर फोरेर थुनुवाहरू फरार भएका हुन् ।

करिब ४ बजे भागेका नौ जनामध्ये एक जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।

उनका अनुसार फरार हुनेहरुमा जनकपुर–२० रुपैठाका अमितकुमार झा, धनुषा गिद्धा–५ का रंजित मण्डल र रोशनकुमार मण्डल, सिरहा–१३ का अभास्करकुमार यादव, धनुषा देउरी परवाहा–४ का विशाल मुखिया, नगराईन–२ का मनिष मण्डल र जनकपुर–४ का बिक्की कार्की रहेका छन् ।

फरार भएका १ जना अभद्र व्यवहारमा पक्राउ परेका नाबालकसमेत छन् । फरार भएकाहरू लागूऔषध र अभद्र व्यवहारमा पक्राउ परेका हुन् ।

उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार