स्ववियु मविब क्याम्पसद्वारा शुभकामना अदानप्रदान तथा वक्तृत्वकला प्रतियोगिता आयोजना

राजविराज, ७ असोज–स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र विन्देश्वरी बहुमुखि क्याम्पस राजविराजले सोमबार चाडवाडको अवसर पारेर शुभकामना अदानप्रदान तथा वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ ।

स्ववियुका सभापति रञ्जितकुमार यादवको अध्यक्षता तथा क्याम्पसका राजिव मिश्रको प्रमुख आतिथ्यमा जितिया, वडा दशैं, शुभदिपावली र छठ पर्वको अवसर पारेर शुभकामना अदानप्रदान तथा वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो ।

विद्यार्थी कल्याणका प्रमुख उमेश कुमार यादवको विशिष्ट आतिथ्यमा आयोजित उक्त कार्यक्रममा मानविकी संकाय तर्फका सहायक क्याम्पस प्रमुख उमेश कुमार यादव, विज्ञान संकाय तर्फका सहायक क्याम्पस प्रमुख सुरेश शाह, अतिथि एवम् निर्णायका रूपमा रहेका शिक्षा संकायतर्फका सहायक क्याम्पस प्रमुख रामअषिश यादव, प्राध्यापकहरु यसवन्त झा, दिल्लीराज खतिवडाले शुभकामना मनतव्य राखेका थिए ।

त्यस्तै, कर्मचारी संघका सभापति शम्भु यादव, परीक्षा शाखाका प्रमुख चन्देश्वर यादव, प्रशासन शाखाका प्रमुख रविन्द्र झा, लेखा शाखाका प्रमुख विवेकानन्द मिश्र, प्राध्यापक संघका सभापति पुष्पेन्द्र झा, परीक्षा शाखाका कर्मचारी रवि राय र निर्मल न्यौपाने, कर्मचारी संघका सचिव लवकुमार विश्वास, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य बसन्त यादवले लगायतले पनि शुभकामना दिएका थिए ।

उक्त कार्यक्रमसँगै आयोजित वक्तृत्वकला प्रतियोगितामा ३१ जना छात्रछात्राहरुको सहभागीता थियो । प्रतियोगितामामा अर्जनाकुमार यादव प्रथम, मिथिलेशकुमार शाह द्वितीय र निरजकुमार शाह तृतीय भएका छन् भने देवीमायाकुमारी चौधरी सान्त्वना स्थान प्राप्त गरेकी छन् ।

बिबिएस प्रथम वर्षमा अध्ययरत रहेकी अर्जनालाई प्रथम पुरस्कार वापत ५ हजार १ सय नगद र प्रमाण पत्र तथा मायाको चिना प्रदान गरिएको छ । त्यस्तै, बिएड प्रथम वर्षमा अध्ययरत रहेका मिथिलेशलाई द्वितीय पुरस्कार वापत ३ हजार १ सय नगद, प्रमाण पत्र र मायाको चिनो तथा तृतीय भएका बिए प्रथम वर्षमा अध्ययरत निरजलाई २ हजार १ सय नगद, प्रमाण पत्र र मायाको चिनो प्रदान गरिएको छ ।

त्यस्तै, सान्त्वना स्थान प्राप्त गरेकी बिएससी दोस्रो वर्षमा अध्ययरत रहेकी देवीमायालाई पनि १ हजार १ सय नगद, प्रमाण पत्र र मायाको चिनो प्रदान गरिएको प्रदान गरिएको जनाइएको छ । उक्त कार्यक्रममा स्ववियुका कोषाध्यक्ष मेनुका शाह, सदस्यहरु विनय यादव, प्रकाश यादव, राकेश यादव, कञ्चनकुमारी ठाकुर, प्रतीक्षा कुमारी यादव, नन्दन मण्डल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन भने स्ववियुका सदस्य अनिल यादवले गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780