बिहारको पूर्व चेतावनी–कोशी ब्यारेजमा ६ लाख ८१ हजार क्युसेक पानीको वहाव पुग्न सक्छ

राजविराज–निरन्तरको वर्षाले कोशी नदीमा करिब सात लाख क्युसेक प्रतिसेकेन्डसम्म पानीको वहाव पुग्नसक्ने भन्दै भारतको बिहार राज्यको जल संशाधन विभागले पूर्व चेतावनी जारी गरेको छ ।

बिहार सरकारअन्तर्गतको विभागले विज्ञप्ति जारी गर्दै शनिबार मध्याह्न १२ बजेसम्म वीरपुरस्थित कोशी ब्यारेजमा ६ लाख ८१ हजार क्युसेक जलप्रवाह हुने अनुमान गरेको हो ।

यदि विभागले जारी गरे अनुरुपकै स्थितिको जलसतह पुगेमा त्यसले नसोचेको ठूलो क्षति निम्त्याउने बिहारका कोशी अध्येता तथा इन्जिनियर राहुल यादुका बताउँछन् ।

यादुकाले भनेजस्तै जलसतह बढ्दा त्यसको सोझो प्रभाव नेपाली भूभागमा समेत पर्छ । मुख्यतः चतरा पुलदेखि कोशी व्यारेजसम्मको करिब ५० किलोमिटर नदी बेसिनमा ठूलो जोखिम निम्त्याउन सक्छ । बिहारले आफ्ना जिल्ला प्रशासनहरूलाई पनि सतर्क रहन र आवश्यक सावधानीका उपाय अपनाउन निर्देशन दिएको छ ।

विशेषगरी, तटबन्धनजिक बसोबास गर्ने नागरिकहरूलाई सूचित गर्न र उचित कदम चाल्न भनिएको छ । साथै, बाढी प्रभावित क्षेत्रहरूमा नियमित गस्ती गर्न पनि निर्देशन दिइएको छ ।

जोखिमको पूर्वानुमान गर्दै कोशी प्रोजेक्टु सँगै जल संशाधन विभागमा कार्यरत सबै कर्मचारीको बिदा रद्द गरेर काममा फर्काइएको छ । पूर्व चेतावनी विज्ञप्तिमा भनिएको छ, निरीक्षणका लागि अतिरिक्त अभियन्ता (इन्जिनियर) हरूको खटनपटन पनि गरिएको छ ।

विभागअन्तर्गतका सबै अधिकारीहरूको बिदा अर्को आदेश नभएसम्मका लागि रद्द गरिएको छ । शनिबार बिहान ५ बजेसम्म कोशी नदीमा ३ लाख १४ हजार क्युसेकको जलप्रवाह भएको छ ।

कोशीसँगै अत्यधिक वर्षाका कारण आगामी ४८ घण्टाभित्र गण्डकी र महानन्दा (महाकाली) नदीमा समेत अप्रत्याशित जलप्रवाह हुने सम्भावना रहेको विज्ञप्तिमा उल्लेख छ । विशेषगरी, शनिबार राति १२ बजे वाल्मिकीनगरस्थित गण्डक ब्यारेजबाट ६ लाख क्युसेक जनप्रवाह हुन सक्ने अनुमान छ ।

 

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780