कोशी ब्यारेजका सबै ढोका खोलिए, सतर्क रहन आग्रह

राजविराज–निरन्तर वर्षा भएसँगै सप्तकोशी नदीको जलसतह बढेको छ ।

जलसतह बढेपछि कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ । बिहान ७ बजे तीन लाख ८१ हजार ८४० क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको थियो ।

८ बजे ४ लाख १८ हजार २८५ क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको सुनसरी जिल्ला प्रहरी प्रवक्ता नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

नदीमा निरन्तर जलस्तर बढ्दो रहलेकोले सतर्क रहन आग्रह गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस